सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि सुनुवाइ
Read the full story at Nepal Khabar

संसदीय सुनुवाई समितिको बिहीबार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन्। उनकाअनुसार प्रस्तावित न्यायाधीश डा रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन्। चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उनले जानकारी दिए। तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उनको भनाई छ।
उनले भने, '१३ जना व्यक्तिले उजुरी गर्नुभएको छ, त्यो मध्ये डाक्टर रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारुको विरुद्धमा ६ वटा, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरु परेको छ। त्यसमा ५ जनाले सबै जनालाई उजुरी दिनुभएको छ। ' समितिको बैठकले उजुरीकर्तालाई शुक्रबार समितिमा बोलाएर उजुरीको पुष्टि तथा औचित्यबारे छलफल गर्ने र त्यसपछि प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाई गर्ने कार्यतालिका पारित गरेको छ। पारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रबार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ।
उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ। त्यस्तै, कात्तिक २१ गते शनिवार प्रस्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाई गर्ने र आवश्यक निर्णय गर्ने समितिको तयारी छ।
More politics
- महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँNepal Khabar
- राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामनाNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिश्रीले भेटे रविNepal Khabar