पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछाने
Read the full story at Nepal Khabar

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलका विषयमा निर्देशन नदिएको स्पष्ट पारेका छन्। बिहीबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस विषयमा सरकारले थप स्पष्ट पार्ने प्रतिक्रिया दिए। सरकारले गरेका काममा पार्टीले 'हो मा हो' नमिलाउने उनको भनाइ थियो। 'कहिले काँही सरकारले गरेका कुराहरूमा थप स्पष्टता चाहियो, प्रश्न भयो भने त्यसमा पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, त्यसलाई सोध्ने, त्यसको अझ बढी स्पष्ट पार्ने गर्नै पर्छ,' लामिछानेले भने, 'सरकारले गरेका सबै चिजलाई हो मा हो मिलाउँदैन पार्टीले।
पार्टीले गरेका सबै चिजमा सरकारले पनि हो मा हो मिलाउँदैन। ' सरकारले गरेका काममा पार्टीका फरक धारणा हुनसक्ने उनको भनाइ थियो। 'कहिले काँही सरकारले गरेका काममा पार्टीले फरक धारणा बनाउने, आवश्यक पर्दा निर्देशन दिने गर्छ,' लामिछानेले भने। सरकारले गर्ने कामको सरकारले नै पुष्टि गर्नुपर्ने उनले बताए।
आईजीपी फेरबदलमा पनि सरकारले औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो। 'कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ। त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला,' उनले भने। आईजीपी फेरबदल गर्न रास्वपाले निर्देशन दिएको विषयमा पनि प्रश्न गरिएको थियो।
More politics
- महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँNepal Khabar
- राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामनाNepal Khabar
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो: प्रदीप पौडेलNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- विराटनगरमाथि काठमाठौंको सानदार जितNepal Khabar