Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

विराटनगरमाथि काठमाडौँको सानदार जित

Read the full story at Nepal Khabar

विराटनगरमाथि काठमाडौँको सानदार जित

बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो। योसँगै काठमाडौले अंक तालिकामा ४ अंक जोडेको छ। दोस्रो विकेटका लागि डेविड वार्नर र विलियम वसिस्टोले ६९ रनको अविजित साझेदारी गरेपछि काठमाडौंले सहज जित निकाल्यो। वार्नर ४४ र वसिस्टो २३ रनमा अपराजित रहे। वार्नरले २४ बलमा २ चौका र ३ छक्का हाने। वसिस्टोले २४ बलमा ३ चौका मद्दतमा २३ रन बनाए।

ओपनर साहिल पटेल १० रन बनाउँदा अपराजित पौडेलको बलमा बोल्ड आउट भए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमा अलआउट भयो। जारी सिजन बनेको यो सर्वाधिक कम योगफल हो। यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्सविरुद्ध ८७ रनमा अलआउट भएको थियो। विराटनगर एक समय ९.४ ओभरमा ७-३५ को संकटपूर्ण अवस्थामा थियो। लगातार विकेट पतनपछि सम्हालिन नसकेको विराटगरका लागि आठौं विकेटका लागि एन्जेलो म्याथुज र रुपेश सिंहले ३९ रनको साझेदारी गरेपछि सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।

एन्जेलो म्याथुजले २२ रन थपे। बसिर अहमदले १० रन बनाए। लोकेश बम ६, सेहान जयसूर्या पाँच र आन्द्रे रसेल तीन रनमा नै पेभेलियन फर्के। इमरान शेख, नारायण जोशी र शुभम रजाने शुन्यमा नै आउट भए। काठमाडौंका लागि सन्तोष यादवले तीन विकेट लिए। करण केसी र सहानले समान दुई विकेट लिए।