Skip to main content
राजनीतिNepal Khabar

महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँ

Read the full story at Nepal Khabar

महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँ

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूले प्रेस स्वतन्त्रता र संविधानमाथि राज्यको हस्तक्षेप बढ्दै गएको भन्दै त्यसविरुद्ध संगठित रूपमा प्रतिवाद गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिले आयोजना गरेको 'मिडिया काउन्सिल विधेयकः आमसञ्चार कानून र प्रेस स्वतन्त्रताको रक्षा' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन्। सञ्चारगृह र पत्रकारहरुमाथिको धरपकड र हस्तक्षेपलाई लोकतान्त्रिक अधिकार संविधधानको रक्षासँग जोडेर हेर्नुपर्ने उनीहरुको भनाइ छ। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्य सरकारले मिडिया क्षेत्रलाई मात्र नभई सबै क्षेत्रलाई आतंकित गर्ने प्रयास गरिरहेको आरोप लगाए।

उनले पत्रकारले लेखेको समाचारको स्रोत पुष्टि गर्नकै लागि पत्रकारमाथि धरपकड गर्न पाइन्छ? भन्दै प्रश्न गरे। उनले सरकारको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविरोधी गतिविधिले प्रेस काउन्सि नेपालको औचित्यमाथि समेत प्रश्न उठेको बताए। समाचारको स्रोत र तथ्य प्रहरीले पुष्टि गर्ने हो भने प्रेस काउन्सिल किन चाहियो?

उनको प्रश्न छ। उनले मुलुकको प्रेस स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप जारी राखे सन् २००६ मा जस्तै इन्टरनेसन मिडिया मिसन बोलाएर अभियानको थालनी गर्न ढिला गर्न नहुने तर्क समेत गरे।