पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए। पोखरा–५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २:५० बजेको समयमा रोकिराखेको लु३च ५२७४ नम्बरको बोलेरो जिपमा ग२३प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।
उपचारका क्रमममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बोलेरो जिपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाईँ र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए।
More politics
- स्थानीय सरकारलाई पनि राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने तयारीNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar