Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्बिरहरू

Read the full story at Onlinekhabar (Nepali)

लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्बिरहरू

लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा यतिबेला उज्यालोको उमंग छ । २२ कात्तिक, काठमाडौं । तिहारको आज दोस्रो दिन । यसवर्ष आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।

तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोकामा पनि खुला राख्ने गरिन्छ । लक्ष्मीपूजा केवल धनसम्पत्तिको कामना गर्ने पर्व मात्र नभइ यो सरसफाइ, कृतज्ञता, आशा र नयाँ सुरुवातको सन्देश दिने पर्व पनि मानिन्छ । परम्परागत तेलका दियोदेखि देउसी भैलो गीतसम्म, यस पर्वले परिवार, छिमेक र समुदायलाई एकै ठाउँमा जोड्दै नेपालको रातलाई अझ उज्यालो र उत्सवमय बनाएको छ ।

लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा यतिबेला उज्यालोको उमंग छ । धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ । झिलिमिली बत्तीले सजिएको काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कैद गरिएका तस्वीरहरू यहाँ प्रस्तुत गरिएको छ ।