हामीलाई किन कोही मन पर्दैन?
Read the full story at Setopati

पातमा हिँडिरहेको सुँडीकीरा (झुसिल्किरा) देख्दा हामी झस्किन सक्छौं। त्यसलाई पन्छाउन मन लाग्छ। तर त्यही बोटमा एउटा पुतली आएर बस्यो भने केही बेर रोकिन्छौं। उडेर नजाओस् भन्दै बिस्तारै तस्बिर खिच्छौं। हामीले मन पराएको त्यो पुतलीले पनि आफ्नो जीवनको एउटा चरण सुँडीका रूपमा बिताएको हुन्छ। कोषावस्था पार गरेपछि त्यही जीव पखेटा फिँजाएर उड्न थाल्छ। अघि कुरूप लागेको जीवको स्वरूप अब सुन्दर देखिन्छ।
एउटै जीवनका यी दुई अवस्थाप्रति हाम्रो व्यवहार किन यति फरक हुन्छ? के तिनले पुर्याउन सक्ने हानिले मात्रै हाम्रा प्रतिक्रिया बनेका हुन्? कि एउटालाई घिनलाग्दो र अर्कोलाई सुन्दर देख्ने हाम्रो आँखाले तिनको जीवनको मूल्य पनि फरक बनाइदिएको हुन्छ? मानिससँगको सम्बन्धमा पनि हामी कति छिटो प्रतिक्रिया जनाउँछौं? कसैको अनुहार, बोल्ने शैली वा उसले मान्ने विचारले हामीलाई असहज बनाउँछ। त्यो अनुभूति वास्तविक हुन्छ। तर त्यसबाट हामीले निकालेको निष्कर्ष पनि उत्तिकै सही हुन्छ भन्ने के छ?
कसैलाई मन नपर्नु र ऊ खराब हुनुबीच दुरी हुन्छ। कहिलेकाहीँ हामीले त्यो दुरी पार गरेको थाहै पाउँदैनौं। आफ्नो अरूचि उसको दोषको प्रमाण बन्न थाल्छ। अनि प्रश्न ऊ किन मन परेन भन्नेमा मात्रै सीमित रहँदैन। ऊ सधैं मन नपरी रहन्छ।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar