७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु
Read the full story at Ratopati

खोटाङ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई बुधबार गोठमा मृत फेला परेका हुन्।
करिब एक वर्षदेखि गोठमा बसेर सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आएका राई आफैँले अगेनामा बालेको आगो गोठमा सल्किँदा जलेर उहाँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिए । “दुई छोरा र दुई छोरीका बुबा धिरजबहादुर राई विगत एक वर्षदेखि एक्लै गोठमा बस्दै आउनुभएको थियो । घरदेखि टाढा रहेको बारीमा गोठ बनाएर बस्नुभएका उहाँ आज मृत फेला पर्नुभयो”, उनले भने, “एकान्त ठाउँमा घटना भएकाले कुन समयमा के भएर आगलागी भयो भन्ने खुलेको छैन ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ। ” बाँझेच्यानडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।
More politics
- स्थानीय सरकारलाई पनि राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने तयारीNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar