सार्वजनिक सेवामा २३ प्रतिशत आदिवासी जनजाति
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, काठमाडौं । नेपालको कूल जनसंख्यामा आदिवासी जनजाति समुदायको हिस्सा ३४.८७ प्रतिशत छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये आदिवासी जनजाति समुदायको संख्या १ करोड १ लाख ६८ हजार ८४४ अर्थात् ३४.८७ प्रतिशत छ । तर, सार्वजनिक निकायमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व भने २३ प्रतिशत हाराहारी मात्रै छ ।
आदिवासी जनजाति आयोगले नेपालका ६१ वटा सार्वजनिक निकायमा कार्यरत कूल कर्मचारी र त्यसमा आदिवासी जनजाति समुदायको उपस्थिति केलाएको छ । जसअनुसार नेपालको ६१ वटा सार्वजनिक निकायमा कूल २ लाख ८४ हजार ८८९ कर्मचारी कार्यरत छन् । यसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल राष्ट्र बैंकका कूल कर्मचारीको संख्या देखाइएको छैन । यसमा रहेको आदिवासी जनजातिको उपस्थिति प्रतिशत भने देखाइएको छ ।
संख्या देखाइएका बाँकी सार्वजनिक निकायमा कार्यरत कर्मचारीमध्ये ६६ हजार ७५१ जना आदिवासी जनजाति समुदायका छन् । यो कूल कर्मचारी संख्याको २३.४३ प्रतिशत हो । तर संख्या नदेखाएर प्रतिशत मात्रै देखाइएका समेतलाई एकीकृत गर्दा नेपालका ६१ वटा सार्वजनिक निकायमा कार्यरत कूल कर्मचारीमध्ये आदिवासी जनजाति समुदायको उपस्थिति २३.६२ प्रतिशत छ । नेपालमा सार्वजनिक सेवामा समावेशिताको नीति २०६४ सालदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar