‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’
Read the full story at Nagarik News
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो संकल्प गरेका हुन्। आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष घिसिङले तिहारको झिलिमिली देख्दा विसं २०७३ अघिका अन्धकारमय दिनहरूको सम्झना आउने उल्लेख गरेका छन्।
त्यतिबेला उज्यालोको महान् चाडसमेत नेपालीहरूले अँध्यारोमा मनाउनुपर्ने बाध्यता रहेको उनले स्मरण गरे। ‘जनताको साथ, विश्वास र हाम्रो दृढ संकल्पले असम्भवलाई सम्भव बनायो,’ घिसिङले लेखेका छन्, ‘देश लोडसेडिङमुक्त भयो, देशको करिब हरेक घरमा बत्ती पुर्यायौं र आज नेपाली बिजुली विदेशसम्म पुगेको छ।’ विगतको लोडसेडिङ अन्त्यको सफलतालाई स्मरण गर्दै उनले अब देशका संरचनागत समस्याविरुद्ध केन्द्रित हुने उद्घोष गरेका छन्। ‘हिजो बिजुलीको अँध्यारो हटायौं, अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ उनले भनेका छन्, ‘चुनौती जति आए पनि हाम्रो यात्रा रोकिने छैन।
किनकि अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ।’ विगतमा जनताले दिएको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै अध्यक्ष घिसिङले आगामी दिनमा सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि पनि जनसमर्थनको अपेक्षा गरेका छन्।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar