भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा
Read the full story at Onlinekhabar (Nepali)

नेपालबाट स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली पर्यटक भारत जाने गर्छन् । गत वर्ष २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण गरे । २६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली पर्यटक भारत जाने गर्छन् । गत वर्ष २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण गरे ।
यो संख्या भारत भ्रमण गर्ने टप टेन देशभित्र पर्न सफल भएको छ । जुन कुल पर्यटक आगमनको २.४ प्रतिशत हिस्सा हो । भारतीय पर्यटन मन्त्रालयको वार्षिक तथ्यांक अनुसार सन् २०२४ को तुलनामा २०२५ मा भारत भ्रमणमा जाने नेपाली पर्यटक संख्या बढेको छ । अघिल्लो वर्ष २ लाख २ हजार ५ सय १ नेपालीले भारत भ्रमण गरेको तथ्यांक छ । त्यस वर्ष नेपाल ११औं स्थानमा थियो । नेपालीले भारत भ्रमण गर्ने प्रमुख सिजन सेप्टेम्बर देखिएको छ । कम जाने समय भने मे हो ।
२०२५ मा भारत भ्रमणमा जाने पर्यटकको पहिलो स्थानमा अमेरिका छ । अमेरिकी पर्यटक १८ लाख ८१ हजार ७ सय ७२ जना भारत भ्रमणमा गएका थिए । जुन कुल आगमनको २०.१ प्रतिशत बराबर हो । दोस्रो स्थानमा बेलायत छ । २०२५ मा बेलायतबाट १० लाख ८४ हजार ३ सय १० पर्यटकलाई भारतले स्वागत गरेको थियो । तेस्रो स्थानमा अस्ट्रेलिया छ ।
More politics
- निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिएNepal Khabar
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar
- टोपबहादुर रायमाझी रिहाNepal Khabar
- काठमाडौँमा बढ्यो चिसो, न्यूनतम तापक्रम ८ डिग्रीमा झर्योNepal Khabar
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar