Skip to main content
राजनीतिNepal Khabar4 outlets covering

सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखरा

Read the full story at Nepal Khabar

सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखरा

विराटनगर किंंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३३ रनमा समेटिएको छ। पोखरालाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। आफ्नो टी-२० करियरको उत्कृष्ट बलिङ गरेका सन्दीपले जारी एनपीएलमा पहिलो ह्याट्रिक गरेका हुन्। सन्दीपले १५औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए।

१५औँ ओभरको तेस्रो बलमा युवराज शर्मा, चौथो बलमा चमिका करुणारत्ने र पाचौँ बलमा किरण ठगुन्नालाई पेभेलियनको बाटो देखाउँदै सन्दीपले ह्याट्रिक विकेट लिएका थिए। उनले आफ्नो स्पेलमा २७ रन खर्चेर ६ विकेट आफ्नो नाममा गरे। त्यसअघि ११औँ ओभरको दोस्रो बलमा सन्नी विके र चौथो बलमा रमेश मेन्डिसलाई आउट गरेका थिए। सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्तीलाई आउट गराएका थिए।

सन्दीपले यसअघि कर्णाली याक्ससँग एक विकेट मात्र लिएका थिए। एगेंलो म्याथुस, रुपेश सिंह र चरिथ असंलकाले समान एक विकेट आफ्नो नाममा गरे। पोखराका लागि ओपनर युवराज शर्माले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ४७ बलमा सात चौका र पाँच छक्का सहयोगमा ८४ रन बनाउँदा सन्दीपको बलमा उडानाको हातबाट क्याच आउट भए।