Skip to main content
राजनीतिNepal Khabar5 outlets covering

टोपबहादुर रायमाझी रिहा

Read the full story at Nepal Khabar

टोपबहादुर रायमाझी रिहा

नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन्।उनी आज (बिहीबार) बिहानै डिल्लीबजार कारागारबाट छुटेका हुन्।६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन्।ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था छ।नक्कली भुटानी शरणार्थी मुद्दामा २०८० वैशाख २० मा पक्राउ गरिएका उनलाई काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते ४ वर्ष कैद सजाय सुनाएको थियो।