Skip to main content
राजनीतिNepal Khabar

एनपीएलमा सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?

Read the full story at Nepal Khabar

एनपीएलमा सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?

जनकपुर बोल्ट्सबाट खेलिरहेका सिंहले ६ खेलमा ११ विकेट लिएका छन्। यसका लागि उनले १३७ रन खर्चिएका छन्। उनको इकोनमी ५.८२ रहेको छ। त्यसपछि तीन खेलाडीले समान नौ विकेट लिएका छन्।

चितवन राइनोजका कमलसिंह ऐरीले चार खेलमा नौ विकेट लिएका छन्। उनको इकोनमी ५.८० रहेको छ। त्यसपछि चार खेलाडीले समान आठ विकेट लिएका छन्। लुम्बिनी लायन्सका शेर मल्ल, सुदूरपश्चिममा अनिल खरेल, काठमाडौं गोर्खाजका जहानदाद खान र सुदूरपश्चिमका स्कट कुगेलजिन छन्।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दशौं नम्बर जनकपुरका मोइन अली छन्। उनले चार खेलमा सात विकेट लिएका छन्। उनको इकोनमी ४.८५ रहेको छ।