निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिए
Read the full story at Nepal Khabar

छठ पर्व मनाउन काठमाडौँबाट हाइस गाडीमा सर्लाहीस्थित घर फर्किंदै थिए मुकेश यादव। बुधबार राति २ बजे माइक्रोबस चढेका उनीसँगै एउटै गाउँका छिमेकी र आफन्तहरू पनि थिए। सबैको एउटै उद्देश्य थियो- परिवारसँगै छठ पर्व मनाउने। तर घर पुग्न नपाउँदै उनीहरू चढेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको गाडी मकवानपुरको भीमफेदी आइपुग्दा भिरबाट खस्यो। बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित सडकबाट करिब ५ सय मिटर तल खस्दा अधिकांश यात्रु निदाइरहेका थिए। मुकेश पनि निद्रामै थिए। गाडी कसरी सडकबाट तल खस्यो, उनलाई पत्तै भएन।
जब गाडी भिरमा खसेर पल्टियो, त्यसपछि मात्रै उनी ब्युँझिए। आँखा खुल्दा दुर्घटना भइसकेको थियो। उनी पनि गाडीसँगै भिरमा पुगेका थिए। 'हामी सबै जना सुतेका थियौँ। तल खसेपछि मात्रै गाडी दुर्घटना भएको थाहा भयो। गाडीसँगै तल पुगेका थियौँ', हेटौँडा अस्पतालमा उपचाररत मुकेशले दुर्घटनाको क्षण सुनाए। सर्लाहीको चन्द्रघट्टा गाउँपालिका-४ का मुकेशका लागि यो यात्रा सामान्य थिएन।
छठ पर्वका लागि घर फर्किने उत्साह थियो। एउटै ठाउँका छिमेकी र आफन्तहरू मिलेर फोनमार्फत गाडीको सिट रिजर्भ गरेको उनले बताए। उनका अनुसार उनले चिनेका दुई परिवारका सदस्यसहित अन्य यात्रु पनि गाडीमा थिए। मुकेश यसअघि पनि यही गाडीमा यात्रा गरिसकेका थिए। चालकलाई समेत पहिलेदेखि चिन्थे। त्यसैले यसपटक पनि त्यही गाडी रोजेका थिए।
More politics
- तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्युNepal Khabar
- परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्रीबीच भेटवार्ताNepal Khabar
- बालगृहमा बालिकालिकाले मनाए सामूहिक भाइटीकाNepal Khabar
- पोखरामा पर्यकटले पनि लगाए भाइटीकाNepal Khabar
- एनपीएलमा सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?Nepal Khabar
- अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियोNepal Khabar