Skip to main content
राजनीतिBizmandu

टिममा फर्किए कुशल, पोखराको कप्तानीबाट हटे भुर्तेल, प्लेइङ ११ मा फेरबदल

Read the full story at Bizmandu

काठमाडौं। पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा पोखराले टस जितेर चितवनलाई पहिला ब्याटिङको निम्ता दिएको हो। आजको खेलमा कुशल मल्ल चितवन राइनोजको टोलीमा फर्किएका छन्। यसअघिका दुई सिजनमा कप्तानी गरेका मल्ल यस संस्करणमा भने पहलो पटक मैदान उत्रँदैछन्।

यद्यपि उनी कप्तानी भने सम्हाल्दै छैनन्। चितवनको कप्तानी सिकन्दर रजाले नै गर्नेछन्। चितवनबाट अघिल्लो खेल खेलेका देव खनाल भने बाहिरिएका छन्। त्यस्तै, टम टेइलरको स्थानमा डान मौस्लेले स्थान बनाएका छन्। अर्कोतर्फ पोखरा एभेन्जर्सले कुशल भुर्तेललाई कप्तानीबाट हटाएको छ।

यद्यपि उनी टोलीमा छन्। सागर ढकाल र सुदीप अर्यालले विपिन आचार्य र आकाश चन्दको स्थान लिएका छन्। सकिव अल हसनको स्थानमा युवराज साम्रा छन्। पोखराको प्लेइङ ११ करुणारत्ने (कप्तान), कुशल भुर्तेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्ती मगर, सुदीप अर्याल, , मेहदी हसन, सदीरा समाराविक्रमा, युवराज साम्रा चितवनको प्लेइङ ११ कुशल मल्ल (कप्तान), सिकन्दर रजा, रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, डेविड मलान, डान मौस्ले The post टिममा फर्किए कुशल, पोखराको कप्तानीबाट हटे भुर्तेल, प्लेइङ ११ मा फेरबदल appeared first on BIZMANDU .