‘चिरञ्जीवी भवः’ को गीत ‘जाले रुमाल’ यस्तो देखियो आशीर्वाद र प्रशंसाको जोडी
Read the full story at Nepal Khabar

फिल्म 'चिरञ्जीवी भवः' को गीत 'जाले रुमाल' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर रहेको छ। लोकलयको डान्डिङ नम्बरमा एक युवक र युवतीले गरेको दोहोरी छ। रुपका कारण एकअर्काप्रति आकर्षित भएका युवक र युवतीले आफ्नो सौन्दर्यलाई मायाको सुरुवाती बिन्दु मानेका छन्। गीतको भिडिओमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको जोडी फिचर्ड छ।
सवाल-जवाफ समेत रहेको गीतको भिडिओमा विवाहको सेटअप छ। गीतको भिडिओमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ। यस फिल्ममा आशीर्वाद र प्रशंसा सहित हरिवंश आचार्य मुख्य भूमिकामा छन्। फिल्ममा हरिवंश 'चिरञ्जीवी बाजे'को क्यारेक्टरमा देखिँदैछन्। अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ।
ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य 'काकु'को चलचित्र 'चिरञ्जीवी भवः' माघ १ गतेबाट रिलिज हुँदैछ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ । यस फिल्ममा कुमार कट्टेल 'जिग्री ब्रो' पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन् ।
More politics
- प्रशान्त र रचनाको स्वरमा आयो ‘सारथी’ को गीत ‘मयाली’Nepal Khabar
- सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar