बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादल
Read the full story at Nepal Khabar

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले पश्चिममा शत्तिहरूको स्वार्थपूर्ति नगरेमा उनीहरूले नै बालेन सरकार विघटन गरि दिने टिप्पणी गरेका छन्। शुक्रबार झापाको दमक नगर कमिटीको कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्याउने दातालाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै थापाले सरकारबारे टिप्पणी गरेका हुन्।
यसअघि एमाले, कांग्रेस, माओवादीलगायतका दलले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि उनीहरूको पार्टी कार्याालय र नेता कार्यकर्ताको घर भवन जलाएर ध्वस्त पारिएको थापाको आरोप थियो। कार्यक्रममा कार्याालय स्थापनामा सहयोग गर्ने दाता तथा जेनजी आन्दोलनमा तोडफोडपछि ध्वस्त पार्टी कार्याालय पुपर्निमार्णमा सहयोग गर्ने दाता, नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको छ।
त्यस्तै, दमक-९ मा रहेको पार्टी कार्याालय निमार्णका लागि जग्गा दान गर्ने लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दिपा दाहाल बराललाई सम्मान गरिएको छ। कार्यक्रममा एमाले कोसी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनर्निर्माण समिति संयोजक अम्बिका खनालले पुनः निर्माणको विषयमा जानकारी गराएका थिए।
More politics
- सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar