प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैन
Read the full story at Nepal Khabar

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका छन्। शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले कांग्रेस सभापति थापाबारे आफ्नो भनाइ राखेका हुन्। सरकारले थापालाई पक्राउ गर्न लागेको चर्चा भइरहेको भन्दै प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।
त्यसको जवाफमा पूर्वप्रधानमन्त्री प्रचण्डले थापालाई कसैले पक्राउ गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। 'जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन,' प्रचण्डले भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्यमान्यताबाहिर गइरहेको टिप्पणी गरेर 'सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,' उनले भने, 'यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि।
' त्यस्तै, दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएको विषयमा पनि प्रश्न गरिएको थियो। त्यसमा भने संयोजक प्रचण्डले अदालतमा रिट परेकाले यस विषयमा टिप्पणी नगर्ने प्रतिक्रिया दिए।
More politics
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar