प्रशान्त र रचनाको स्वरमा आयो ‘सारथी’ को गीत ‘मयाली’
Read the full story at Nepal Khabar

प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ। कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ। गीतको बाँसुरीमा रत्न बिक, सारंगीमा मनीष गन्धर्व, मादलमा पोषण मगर र गितार पुरुस्कार खड्काले बजाएका छन् । गीतको संगीत उत्पादन विशम आचार्यले गरेका हुन् मिक्सिङ तथा मास्टरिङ समिक (साउन्ड को मुम्बइ) ले गरेका छन् ।
कुमार गजुरेलको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका हुन्। कुमार गजुरेलको निर्देशनमा मंसिर ११ गते प्रदर्शन हुनेछ। किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। सिनेमाका प्रस्तुतकर्ता तारा थापा 'किम्भे' हुन् ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन्।
More politics
- ‘चिरञ्जीवी भवः’ को गीत ‘जाले रुमाल’ यस्तो देखियो आशीर्वाद र प्रशंसाको जोडीNepal Khabar
- सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँNepal Khabar
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar