सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली
Read the full story at Onlinekhabar (Nepali)

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। २३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले सबैलाई ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न आग्रह गरेका हुन्।
बस्नलायक समाज निर्माणका लागि नागरिकको नैतिक बल, नैतिक भावना र सांस्कृतिक मनोवृत्ति उन्नत हुनुपर्नेमा उनले जोड दिए। अत्यधिक लोभले मानिसलाई नैतिक रूपमा पतन गराएर राक्षसी प्रवृत्तितर्फ लैजाने भन्दै उनले समाजमा घृणा, षड्यन्त्र र जालझेल बढ्न नहुने स्पष्ट पारे। ‘खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पशुमाथि अन्याय हो, किनकि पशुले मानिसले जस्तो अन्याय र जालझेल गर्दैन,’ उनले भने। ‘हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ,’ ओलीले भने, ‘विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ।
आपसी घृणा, लोभ, छलकपट त्यागेर प्रेम, करुणा र सहकार्यको भावना विकास गर्नुपर्छ। ’ अध्यक्ष ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको टिप्पणी गरे।
More politics
- पटकाको छर्राले छातीमा लाग्दा मृत्युNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- संसद्मा बहुमत गुमाएका ट्रम्पलाई यी ठुला ४ निर्णय गर्ने अन्तिम मौकाNepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar