संसद्मा बहुमत गुमाएका ट्रम्पलाई यी ठुला ४ निर्णय गर्ने अन्तिम मौका
Read the full story at Nepal Khabar

किनकि अमेरिकामा हालै भएको मध्यावधि निर्वाचनमा उनको दल रिपब्लिकन पार्टीले कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत गुमाएको छ। अर्थात् विपक्षी दल डेमोक्र्याटिक पार्टीले ठुलो जित हात पार्दै दुवै सदनमा बहुमत हासिल गरेको छ। जसले गर्दा अबदेखि राष्ट्रपति ट्रम्पलाई संसद्बाट आफ्ना नीति पास कठिन हुने भएको हो। यद्यपि नयाँ संसद्ले पदभार ग्रहण नगर्दासम्म पुराना सांसदहरूले काम गरिरहनेछन्। वर्तमान संसद्मा भने ट्रम्पकै दल रिपब्लिकनको बहुमत छ।
यसैबिच अमेरिकी कंग्रेसको नयाँ सत्र आज सुरु हुँदै छ। यो ट्रम्पका लागि महत्त्वपूर्ण छ, किनकि डेमोक्र्याटिक बहुमत भएको नयाँ कंग्रेसले आगामी जनवरी ३ तारिख पदभार ग्रहण गर्नेछ। यसपछि ट्रम्पले आफ्ना निर्णय लागु गर्न विरोधको सामना गर्नुपर्नेछ। ब्लुमबर्गको रिपोर्टअनुसार ट्रम्पले वर्तमान संसद्को बाँकी कार्यकाल दुई महिनामा केही प्रमुख निर्णय अगाडि बढाउने र आवश्यक कार्य पूरा गर्ने प्रयास गर्न सक्छन्। ट्रम्पले सामना गरिरहेको सबैभन्दा महत्त्वपूर्ण मुद्दा इरान युद्ध हो।
यो युद्धले अमेरिकाको सैन्य खर्च बढाएको छ। यदि सैन्य अपरेसन जारी रह्यो भने हतियार, सैनिक र सैन्य उपकरणहरूको लागि थप पैसा आवश्यक पर्न सक्छ। यस सन्दर्भमा रिपब्लिकन सांसदहरूले अर्को बजेट प्याकेज ल्याउने विचार गरिरहेका छन्। यसले इरान युद्धका लागि थप कोष प्रदान गर्न सक्छ।
More politics
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- From traditional songs to modern celebrations, Tihar is changing with the times and a new generationKathmandu Post
- Six injured in jeep crash in DailekhKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post