बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने भएको छ ।
यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनहरूको अवस्थाको पूर्ण रुपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्ने पनि निर्णय भएको छ । काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटहरूले ( ट्राफिक प्रहरी समेत) कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar