राजनीतिOnlinekhabar (Nepali)
देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत
Read the full story at Onlinekhabar (Nepali)

नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ । २६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ ।
देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले बिहीबार उनलाई महासंघको अध्यक्षमा मनोनीत गरेका हुन् । पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम गिरीलाई अध्यक्ष मनोनयन गरिएको पत्रमा उल्लेख छ ।
पत्रमा गिरीलाई आगामी ६ महिनाभित्र सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ । लामो समयदेखि नेपाली चलचित्र तथा कला क्षेत्रमा सक्रिय गिरी राजनीतिमा क्रियाशील छन् । उनी यसअघि महासंघका सहमहामन्त्री थिए ।
More politics
- निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिएNepal Khabar
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar
- टोपबहादुर रायमाझी रिहाNepal Khabar
- काठमाडौँमा बढ्यो चिसो, न्यूनतम तापक्रम ८ डिग्रीमा झर्योNepal Khabar
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar