रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग
Read the full story at Nagarik News

कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर रसुवाको बाढीमा परी अभिभावक बेपत्ता भएका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ। सहकारीको टीकापुर शाखाले आफ्नो वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी बेपत्ता भएका मनीऋषि सञ्ज्यालका छोराछोरीलाई खाद्यान्न तथा सरसामग्री सहयोग गरेको हो। गत भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मनीऋषि सञ्ज्याल, उनकी पत्नी मनकला सञ्ज्याल र छोरी सुस्मिता सञ्ज्याल बेपत्ता भएका छन्।
अभिभावक बेपत्ता भएपछि बेसहारा बनेका चार बालबालिकालाई सहकारीले खाद्यान्न तथा अन्य उपभोग्य सामग्री सहयोग गरेको सहकारीका शाखा प्रमुख दुर्गाप्रसाद उपाध्यायले बताए। "बाढीमा परी परिवारका तीन सदस्य बेपत्ता भएपछि चार जना बालबालिका सहाराविहीन बनेका छन्। यस्तो दुःखद् परिस्थितिमा संस्थाले खाद्यान्न र उपभोग्य सामग्री उपलब्ध गराएको हो।
बालबालिकालाई केही राहत पुग्ने अपेक्षा गरेका छौँ," शाखा प्रमुख उपाध्यायले भने। अभिभावक बेपत्ता भएपछि बेसहारा बनेका बालबालिकामा १८ वर्षीया छोरी नमुना सञ्ज्याल, १६ वर्षीय देवेन्द्र सञ्ज्याल, १३ वर्षीया प्रतीक्षा सञ्ज्याल र ११ वर्षीय अनिल सञ्ज्याल रहेका छन्। तीन वर्षअघि सन्तानको शिक्षादीक्षाका लागि बाजुराबाट टीकापुर आएको सञ्ज्याल परिवार यहाँ भाडामा बस्दै आएको थियो।
More environment
- प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री गुरूङको निर्देशनSetopati
- Andhra CM Chandrababu Naidu seeks relief package for drought-hit farmersThe Hindu
- आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगरOnlinekhabar (Nepali)
- वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्षOnlinekhabar (Nepali)
- आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसीOnlinekhabar (Nepali)
- चितवनमा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्युDC Nepal