आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर
Read the full story at Onlinekhabar (Nepali)

पुरानो भवन रहेको ठाउँमा बहुतले भवन बनाउने योजना बुनिरहेको महानगरले आफैं पनि धेरै ठाउँमा व्यापारिक भवन बनाएर भाडा खाइरहेको छ । तर आफैं भने प्रशासनिक भवनविहीन छ । १८ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जीसीको कार्यकाल सकिनुभन्दा दुई दिनअघि राष्ट्र बैंक चोकस्थित गल्फ कोर्सको ४२ रोपनी जग्गा ३५ वर्षका लागि ठेक्कामा दिइयो ।
उक्त जग्गा जीसीका ज्वाइँ विष्णु भण्डारीको कम्पनीले लिएको थियो । १८ रोपनी जग्गामा भने जीसी र शिला शालिग्राम निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो । पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयले यसअघि सवारी ट्रायल सेन्टरको रूपमा प्रयोग गरेको करिब ५ रोपनी जग्गाको ठेक्का राइजिङ प्रालिले पाएको थियो । मेयर जीसी बिरामी परेपछि ज्वाइँ राम भण्डारीका सहोदर भाइ विष्णुलगायतले जग्गा हात पार्दा धेरैतिरबाट आलोचना भयो ।
नागरिकस्तरबाटै विरोध भएपछि भर्खर निर्वाचित भएर आएका पोखराका मेयर धनराज आचार्यले छानबिन समिति बनाए । समितिको प्रतिवेदनका आधारमा मेयर आचार्यले ठेक्का सम्झौता तोड्दै घोषणा गरे, ‘पोखरा ७ र १७ मा पर्ने राष्ट्र बैंकको जग्गामा प्रशासनिक भवन बन्छ । ’ मेयर आचार्यभन्दा अगाडि जीसीले पनि आफ्नै कार्यकालमा महानगरको प्रशासनिक भवन बनाउने घोषणा गरेका थिए ।
More environment
- Drought: ₹152.2 crore relief sought for crop loss in Mysuru districtThe Hindu
- प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री गुरूङको निर्देशनSetopati
- वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्षOnlinekhabar (Nepali)
- आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसीOnlinekhabar (Nepali)
- चितवनमा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्युDC Nepal
- They couldn't read or write, now these African grandmothers are solar engineers bringing electricity to 75,000 homesTimes of India