आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसी
Read the full story at Onlinekhabar (Nepali)

१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् । गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं ।
सचिवालयमा त्यो संयन्त्र बनाइन्छ’ केसीले भने । त्यस्तै नागरिकले प्रहरी देख्दा डर होइन भरोसा महसुस बनाउने पनि उनले बताएका छन् । भ्रामक सूचना, डिपफेक, अनलाइन ठगी, क्रिप्टो करेन्सी, वैदेशिक रोगजार ठगी अहिलेको चुनौती रहेको पनि उनले औंल्याए । नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध र विगतका घटनाहरुबाट बल प्रयोगबारे पनि धेरै पाठ सिकेको पनि डा. केसीले बताए ।
सरुवा–बढुवामा पनि सिस्टम बसालेर काम गर्नुपर्ने अवस्था रहेको उनले औंल्याएका छन् । अहिलेको यो चुनौतीलाई आफूले अवसरलाई ग्रहण गरेको बताउँदै केसीले भने, ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सम्बोधन गर्नुपर्ने अवस्था छ । जुनियर र सिनियर प्रहरीलाई पनि अकाउन्टेबल बनाउनुपर्ने अवस्था छ । ’ प्रहरी सेवा अन्य पक्षसँग पनि सम्बन्धीत रहेको बताउँदै आईजीपी केसीले दलिय प्रभावबाट मुक्त हुन सहयोगको समेत अपेक्षा गरेका छन् ।
More environment
- Drought: ₹152.2 crore relief sought for crop loss in Mysuru districtThe Hindu
- प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री गुरूङको निर्देशनSetopati
- आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगरOnlinekhabar (Nepali)
- वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्षOnlinekhabar (Nepali)
- चितवनमा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्युDC Nepal
- They couldn't read or write, now these African grandmothers are solar engineers bringing electricity to 75,000 homesTimes of India