प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री गुरूङको निर्देशन
Read the full story at Setopati

गृहमन्त्री सुधन गुरूङले प्रहरी र नागरिकबीचको दूरी घटाउन प्रभावकारी रूपमा काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नवनियुक्त आइजिपी केसीलाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरूङले यस्तो निर्देशन दिएका हुन्। उनले प्रहरी संगठनलाई बलियो बनाउने र फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने गरी नेतृत्व गर्न पनि आइजिपी केसीलाई निर्देशन दिए। उनले प्रहरीले गर्ने सकारात्मक काममा गृह मन्त्रालयको सधैँ साथमा रहने भन्दै केसीको नेतृत्वको प्रहरी संगठनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण्मा प्रभावकारी भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे।
उनले भने, ‘जहिले पनि प्रहरी र आम नागरिकको बीचमा एउटा ग्याप मैले फिल गरिरहेको छु। यसमा नवनियुक्त आइजिपी सापको नेतृत्वमा इफेक्टिव्ली काम होस्। यसमा पर्याप्त काम भएको छैन। अहिले प्रहरी र नागरिकबीचको दुरी केही कम भएको महसुस पनि भएको छ। यसका लागि संगठनका सबै कर्मचारीलाई धन्यावाद पनि दिन चाहन्छु।
प्रहरीले गर्ने सकारात्मक कार्यका लागि गृह मन्त्रालय सधैं साथमा छ। प्रहरी संगठनको अभिभावकत्व लिन र प्रहरीलाई आवश्यक स्रोत साधनको परिपूर्ति गर्न हामी सधैं तयार छौँ। कुनै पनि समस्याको समाधान गरिदिनको लागि समेत गृह मन्त्रालय तयार नै छ।
More environment
- Drought: ₹152.2 crore relief sought for crop loss in Mysuru districtThe Hindu
- आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगरOnlinekhabar (Nepali)
- वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्षOnlinekhabar (Nepali)
- आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसीOnlinekhabar (Nepali)
- चितवनमा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्युDC Nepal
- They couldn't read or write, now these African grandmothers are solar engineers bringing electricity to 75,000 homesTimes of India