पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।
यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाद्यी याक्स विरुद्ध नै शतक प्रहार गरेका थिए । यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको यो उच्च स्कोर हो । यसअघि पोखराका लागि कुनै पनि खेलाडीले अर्धशतक समेत बनाउन सकेका थिएनन् ।
सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।
More politics
- पटकाको छर्राले छातीमा लाग्दा मृत्युNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- संसद्मा बहुमत गुमाएका ट्रम्पलाई यी ठुला ४ निर्णय गर्ने अन्तिम मौकाNepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar