किसानलाई धान भित्र्याउने चटारो
Read the full story at Ratopati

ओखलढुङ्गा । तिहार सकिए लगत्तै ओखलढुङ्गाका किसानलाई धान भित्र्याउने चटारो बढेको छ । जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्रका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् ।
यहाँका किसानलाई खेतमा पहेँलपुर भएर पाकेको धान काट्न, बिटा लगाउन, पराल कुन्यू लगाउन र धान घरमा भित्र्याउने चटारो बढेको हो । जिल्लाको पिप्लेटारी, चार्खु, मूलघाट, शेर्ना, हर्कपुर, रामपुर, जरायोटार, शिल्खुबेँसी, शेराबेँसी, बाह्रबिसेलगायतका ठाउँमा बढी मात्रामा धान खेती हुँदै आएको छ । तिहार सकिएलगत्तै मौसमलाई ध्यान दिँदै धान भित्र्याउने काममा व्यस्तता बढेको मोलुङ गाउँपालिका–४ जरायोटारका किसान भक्त खत्रीले बताए ।
जिल्लामा यस वर्ष कम पानी परेपछि ढीला रोपाइँ भएको थियो । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा तीन हजार ८ सय ३ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो ।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar