हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान
Read the full story at Nagarik News

उच्च हिमाली भू-भागमा हिमपातसँगै अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू चरन र न्यानो खोज्दै बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो साताको वर्षापछि लेकाली भेगमा परेको हिउँका कारण चरनको अभाव हुन थालेपछि किसानहरूले भेडीगोठ तल्लो क्षेत्रतर्फ सारेका हुन्। हिउँदको कठ्याङ्ग्रिँदो चिसोबाट भेडाबाख्रा जोगाउन र चरन सहज बनाउन यहाँका किसानहरू हरेक वर्ष परम्परागत मौसमी बसाइँसराइ गर्ने गर्छन्।
लेकमा बाक्लो हिउँ जम्ने र घाँस नपाइने भएपछि किसानहरू परिवार र भेडाको बथानसहित बेँसीका फाँटहरूतर्फ लाग्ने गरेका हुन्। बूढीनन्दा नगरपालिका-९ का भेडापालक किसान सुमन थापा २०० भेडासहित आफ्नो सम्पूर्ण परिवार लिएर बेँसी झरेका छन्। साँफे–मार्तडी सडकखण्ड हुँदै अछामको गैलतर्फ जाँदै गरेका थापाले आमाबुबा, श्रीमती र छोराछोरीसहित ६ महिनाका लागि घर छाडेको बताए।
‘गाउँमा चिसो र हिउँले गर्दा भेडा चराउनै सकिँदैन, अब चैत–वैशाख लागेपछि मात्रै गाउँ फर्किन्छौँ,’ उनले भने। बाजुराका उच्च हिमाली क्षेत्रका किसानहरू हिउँद छल्न जिल्लाभित्रकै बूढीगङ्गा र खप्तड छेडेदहका साथै छिमेकी जिल्ला अछाम र डोटीका विभिन्न सुरक्षित चरन क्षेत्रमा पुग्ने गर्छन्। पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौसमी बसाइँसराइले सुदूरपश्चिमको हिमाली क्षेत्रको रैथाने पशुपालन र संघर्षपूर्ण ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar