Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

Read the full story at Onlinekhabar (Nepali)

राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

२७ कात्तिक, काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि फोन ट्याप गरेको आरोप लगाएका छन्। राहुल गान्धीलाई सोधिएको थियो, ‘मोदीले तपाईंलाई विदेशी सहयोग मिलिरहेको बताउनुहुन्छ, जबकि तपाईं मोदीमाथि विदेशी शक्तिहरूको नियन्त्रणमा रहेको आरोप लगाउनुहुन्छ।

यसको प्रमाण के छ ?’ यसको जवाफमा राहुल गान्धीले भने, ‘प्रमाण यहाँ छ। यो यसै फोनभित्र छ। प्रधानमन्त्रीलाई थाहा छ किनभने उनले मेरो फोन ट्याप गर्छन्।

’ उनले थपे, ‘आमनेसामनेको बहसबाट प्रमाणित हुनेछ कि को विदेशी शक्तिहरूको नियन्त्रणमा छ र को देशविरोधी हो। उनी कहिलेदेखि देशविरोधी हुन् र यस्ता अन्य कैयौँ जानकारीहरू मलाई थाहा छन्, जुन मेरो फोनमा सुरक्षित छन्। ’ राहुल गान्धीको यस दाबीका विषयमा हालसम्म प्रधानमन्त्री मोदी वा प्रधानमन्त्रीको कार्यालयबाट कुनै प्रतिक्रिया नआएको बीबीसी हिन्दीले जनाएको छ ।