Skip to main content
राजनीतिNepal Khabar

सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्य

Read the full story at Nepal Khabar

सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्य

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहयोगमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौ गोखार्जसामु जितका लागि १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रनको योगफल तयार पारेको हो।

२.३ ओभरमा नै ८ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा आएको सुदूरपश्चिमका लागि आरिफ शेख र दिपेन्द्र सिंह ऐरिले पाचौँ विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। आरिफ १६ न बनाउँदा रन आउट भए।

छैटौ विकेटका लागि कप्तान दीपेन्द्र र थरिन्दु रत्नायकेले ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको थियो। ५५ बलमा ५ चौका र २ छक्का सहयोगमा ६० रन बनाएका दीपेन्द्र जहानदाद खानको बलमा भिम सार्कीको हातबाट क्याच आउट भए।