Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन

Read the full story at Nepal Khabar

चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन्। चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रवार प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताए।

उनकाअनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिएका हुन्। चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा महत्त्वपूर्ण लाभ लिनसक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्री शाहले आग्रह गरेको बुर्लाकोटीले जानकारी दिए। चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले बताए।

बुर्लाकोटीकाअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण तालिकामा पनि यस्ता विषय समेटिएका छन्।