भीमफेदी दुर्घटनाका पीडित परिवारलाई ‘यथाशीघ्र’ क्षतिपूर्ति दिन सरकारले अगाडि बढायो प्रक्रिया
Read the full story at Nepal Khabar

सरकारले भीमफेदी दुर्घटनाका पीडित परिवारलाई उपचार खर्च, क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ। उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जना चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन्।
यसैगरी दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रधानमन्त्री कार्यालयको विज्ञप्तिको अन्त्यमा भनिएको छ, सरकार दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध छ। यस दुःखद घटनामा जीवन गुमाउनुहुने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं।
साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar