श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Read the full story at Nepal Khabar

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी-२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी-२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी-२० मा उनको स्ट्राइक रेट १४२.६५ छ।
उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ उनले ५० टी-२० खेलमा २६ विकेट लिएका छन्। दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्। त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङलाई बलियो बनाउने विश्वास व्यक्त गरे।
'थनुका दबारेसँग अनुभव छ। उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन्। उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौँ," खड्काले भने। टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए। 'सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छु।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post