कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री
Read the full story at Onlinekhabar (Nepali)

सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी तोकेर नै पठाएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, स्वास्थ्य मन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल साइडलाइनका कार्यक्रममा गएका हुन् । २७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ।
उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने पाँच जना मन्त्रीहरू पुगेका छन् । सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी तोकेर नै पठाएको हो । परराष्ट्रमन्त्री खनाल शनिबार नेपाल फर्किँदैछन् भने त्यसपछिको सेसनहरूमा नेपालको प्रतिनिधित्व मन्त्री चौधरीले गर्नेछिन् । यी दुई जना बाहेक अन्य तीन मन्त्री पनि कोप–३१मा सहभागी छन् ।
शिक्षामन्त्री सस्मित पोखरेल शुक्रबार कोपका कार्यक्रमहरूमा सहभागी हुन भन्दै टर्किए प्रस्थान गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सम्मेलनमै छन् । स्वास्थमन्त्री निशा मेहता पनि सम्मेलनस्थलमा पुगेर श्रीलंकामा आयोजित कार्यक्रम हुँदै नेपाल फर्केकी छन् ।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar