Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

Read the full story at Onlinekhabar (Nepali)

भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

ढाका टोपी नेपाली पहिचानसँग जोडिएको मौलिक पहिरन हो । त्यसैले, भाइटिकामा चेलीले दाजुभाइलाई ढाका टोपी उपहार दिनुलाई केवल उपहार साटासाटका रूपमा मात्र हेरिँदैन । भाइटिकामा दाजुभाइको शिर खाली राख्नुहुँदैन भन्ने सामाजिक मान्यता नेपाली समाजमा पाइन्छ। यही विश्वाससँग जोडिएर दिदीबहिनीले दाजुभाइलाई टोपी लगाइदिने चलन बसेको मानिन्छ। माइतीको सुख, समृद्धि र प्रतिष्ठाको कामना गर्दै चेलीले दिने उपहार भएकैले ढाका टोपीको अर्थ अरू उपहारभन्दा केही फरक देखिन्छ।

कुनै नेपालीलाई टाढाबाट चिनाउनुपर्‍यो भने ढाका टोपी आफैँ एउटा परिचय बन्छ । दौरा–सुरुवालसँग होस् वा अन्य पोसाकसँग, शिरमा ढाका टोपी ढल्किँदा त्यसले नेपालीपनको छुट्टै झल्को दिन्छ। त्यसैले, ढाका टोपीसँग नेपाली समाजको सम्बन्ध कपडा र पहिरनको सम्बन्धमा मात्र सीमित छैन। यसमा भावना जोडिएको छ। संस्कृति जोडिएको छ।

हाम्रा पुर्खाले टोपीलाई शिरपोसका रूपमा महत्व दिए। शिरको शोभा र गरिमासँग जोडिएको टोपी नेपाली सामाजिक जीवनमा सम्मानको प्रतीक पनि बन्यो। पसलका अगाडि विभिन्न रंग र बुट्टाका टोपी देखिन थाल्छन्। कतै दाजुभाइका लागि टोपी किनिँदै हुन्छ, कतै चेलीले माइतीका लागि उपहार छानिरहेकी हुन्छिन्। किनभने ढाका टोपीले चाडपर्व मात्र सम्झाउँदैन, यसले माइतीको घर, दाजुभाइ–दिदीबहिनीको सम्बन्ध र बाल्यकालका सम्झनासमेत फर्काइदिन्छ।