Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

Read the full story at Onlinekhabar (Nepali)

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ। २३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले ट्रम्पको यो निर्णयलाई ‘आकाशबाट चट्याङ परे जस्तै’ (लाइक अ बोल्ट फ्रम द ब्लु) भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका मुख्य प्रतिद्वन्द्वी गादी आइजेनकोटको ‘यासार’ पार्टीका नेताहरूसँगको छलफलका क्रममा राष्ट्रपति हर्जोगले अमेरिकाले सन् २०२८ सम्मका लागि गरेको औपचारिक समझदारी (एमओयू) भन्दा दुई वर्षअघि नै सहायता रोक्ने खबरले आफूलाई गम्भीर चिन्तित बनाएको बताए । राष्ट्रपति ट्रम्पले फक्स न्युज सँगको चुनावी अन्तर्वार्तामा इजरायल अब समृद्ध भइसकेकाले उसलाई थप सहायता नचाहिने बताएका थिए,’अरू सबैलाई जस्तै इजरायललाई किन ४ अर्ब डलर दिइरहने ?

इजरायल हाम्रो नम्बर एक सहयोगी हो, हामीले अरू कसैलाई भन्दा बढी सहायता दियौँ, तर अब उनीहरूलाई यसको आवश्यकता छैन।