Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

गगन थापाको प्रतिवाद– ‘प्रायोजित प्रचारबाजी मेरो वरिपरि ल्याइएको छ’

Read the full story at Onlinekhabar (Nepali)

गगन थापाको प्रतिवाद– ‘प्रायोजित प्रचारबाजी मेरो वरिपरि ल्याइएको छ’

फिक्सर इनाम सापकोटा अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन् त्यहाँ सोध्ने प्रश्न हो । अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने यसमा को-को जोडिए त्यो सबै कुराहरु खोतल्ने प्रेसको पनि यही जिम्मा हो । कांग्रेस सभापति गगन थापाले उनीमाथि चलेका अफवाह र राज्यपक्षबाट भइरहेका कामकारबाहीप्रति बिहीबार आफ्नो धारणा राखेका छन् । उनले भिडियोमार्फत् समग्र विषयमा आफ्नो कुरा राखेका हुन्। यो प्रकरणमा पार्टी का वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो प्रेस कन्फ्रेन्स गरेर सबै विषय वस्तुहरु डिटेलमा राखिसक्नु भएको छ । जसको सार दुइटा छ- एउटा यो बदनियतका साथ चलाइएको हल्ला हो । यसलाई हामी पूर्ण रुपमा खारेज गर्छौं ।

दोस्रो नेपाली कांग्रेस पार्टीको नेतृत्व सबै खालको अनुसन्धानको लागि तयार छ । यति कुरा पार्टीको उपसभापतिले बोलिसके पछाडी मैले नबोले पनि हुने हो । तर केहि विषयहरुमा मलाई डाइरेक्टली कम्युनिकेट गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले यो सन्दर्भमा पनि मैले एउटा सानो भिडियो बनाएको छु । फिक्सर इनाम सापकोटा जो अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन् । उनको भनेर एउटा अडियो बाहिर आएको छ त्यो अडियो मा मेरो बारेमा केहि कुरा सुनिएको भनेर त्यो अडियो कहाँ बोलेको ? कसले बोलेको ?

किन बोलेको ? कहिले बोलेको ? थाहा छैन । बोलेको हो कि बोलाइएको ? यो पनि थाहा छैन । मलाई यतातिर अलि चासो पनि छैन ।