Skip to main content
राजनीतिNagarik News

गण्डीगाडमा नयाँ पुल बनेन, भएको पनि रहेन

Read the full story at Nagarik News

अछाम र डोटी जिल्लाको सिमानास्थित गण्डीगाडमा सम्झौता भएको १६ महिना बितिसक्दा पनि मोटरेबल पुल निर्माणको काम अघि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा डोजरले ढुङ्गा खसालेर पुरानो झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाइदिएपछि स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्। पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ सोकट र डोटीको दिपायल सिलगढी नगरपालिका-८ जोड्ने गण्डीगाडमा ४० मिटर लामो पुल बनाउन ५ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

उक्त पुल निर्माणको जिम्मा एस एस एन एस सि पि सि एस-ए सि जेभी धनगढी-५ ले पाएको थियो। तर लामो समय बितिसक्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन। उल्टै, मोटरेबल पुलका लागि पहुँचमार्ग बनाउने क्रममा डोजरले खसालेको ठूलो ढुङ्गाले खोलाको झोलुङ्गे पुल नै क्षतिग्रस्त बनाएको थियो।

जसका कारण स्थानीय बासिन्दा अहिले सोही जीर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्न विवश छन्। नयाँ पुल नबनेको र झोलुङ्गे पुलसमेत भत्किएका कारण बिरामीलाई उपचारका लागि लैजान र विद्यार्थीलाई विद्यालय पुग्न कठिन भएको स्थानीय ध्रुव साउदले बताए।