Skip to main content
राजनीतिNepal Khabar

मौलिक कौडा सङ्गीत र आधुनिकताको सङ्गम ‘रूमालै चिनो छ’ सार्वजनिक

Read the full story at Nepal Khabar

मौलिक कौडा सङ्गीत र आधुनिकताको सङ्गम ‘रूमालै चिनो छ’ सार्वजनिक

नेपाली मौलिक लोकसङ्गीतलाई आधुनिक शैलीसँग जोड्दै केन्द्र मोशन पिक्चर्सको प्रस्तुति 'रूमालै चिनो छ' म्युजिक भिडिओ सार्वजनिक भएको छ। गायक तथा सङ्गीतकार सिरोईको सङ्गीत तथा स्वरमा तयार भएको यस गीतमा परम्परागत कौडा सङ्गीतको मौलिकता जोगाउँदै आधुनिक साङ्गीतिक प्रयोग गरिएको छ। गीतमा खैँजडीको परम्परागत तालसँगै हिमाली वाद्ययन्त्र टुङ्ना र नेपाली बाँसुरीको मधुर धुन समावेश गरिएको छ।

आधुनिक सङ्गीतको प्रयोग गर्दा पनि मौलिक लोकभाकाको पहिचान र सांस्कृतिक भावनालाई उत्तिकै महत्त्व दिइएको छ। गीतको सङ्गीत उत्पादन जेन्रिक्स स्टुडियोमा गरिएको हो। म्युजिक भिडियोमा मौलिक सङ्गीतको खोजी गर्दै पश्चिम नेपालको एउटा गाउँ पुगेकी युवा महिला सङ्गीतकार र स्थानीय गायकबीचको साङ्गीतिक सम्बन्धलाई चित्रण गरिएको छ।

आधुनिक सङ्गीत र गाउँमा जीवित रहेको मौलिक लोकसङ्गीतबीचको भेटलाई भिडियोले आपसी सम्मान, जिज्ञासा र आत्मीयताको कथामार्फत प्रस्तुत गरेको छ। स्याङ्जाको ऐतिहासिक सिरुबारी गाउँमा छायाङ्कन गरिएको भिडियोमा स्थानीय जनजीवन, परम्परागत घर, प्राकृतिक दृश्य, संस्कृति र मौलिक साङ्गीतिक वातावरणलाई सकेसम्म स्वाभाविक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। कृत्रिम दृश्यभन्दा वास्तविक परिवेश र सरल दृश्यात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ।