सम्पर्कविहीनलाई मृतक सरह घोषणा गर्ने निर्णय कार्यान्वयन भएन, परिवारले पाएनन् रकम
Read the full story at Onlinekhabar (Nepali)

बेपत्ता व्यक्तिको मृत्यु घोषणाको अवधि घटाएर ४५ दिन कायम गर्ने निर्णय भएको एक महिना पुगिसकेको छ । मृतक सरह घोषणा हुन नसक्दा सरकारले छुट्याएकै रकम परिवारले प्राप्त गर्न सकेका छैनन् । २२ कात्तिक, काठमाडौं । भोटेकोशीमा विनासकारी बाढी आएको आज (कात्तिक २२) ७५ दिन पुगेको छ ।
भदौ १० गते आएको बाढीबाट मानवीय क्षतिको यकिन विवरण हालसम्म सार्वजनिक भएको छै राष्ट्रिय विपद् जोखिम न्यूनीकण तथा व्यवस्थापन प्राधिकरणले गत शुक्रबार निकालेको पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या १४६४ छ । सम्पर्कविहीन भएकाहरूको संख्या ५२८५ छ । बाढी आएको तीन महिना पुग्न लाग्दा समेत बेपत्ता भएकाहरू जीवित वा मृत रहेको यकिन हुन सकेको छैन । एकातर्फ, सरकारले बेपत्ताहरूको जीवित वा मृत्यु पहिचान गरेर सूची निकाल्न सकिरहेको छैन भने अर्कोतर्फ बाढी प्रभावितले हैरानी खेपिरहेका छन् ।
सरकारले परिवारमा मृत्यु एक जनाको भएको भए दुई लाख र थप मृत्यु भएको भएमा प्रति मृतक १ लाख सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । बाढीबाट ७५ जिल्लाका नागरिक मृत्य र बेपत्ता भएका छन् । सरकारी तथ्यांक अनुसार ५ हजार २ सय ८५ बेपत्ता रहेकामा २ हजार २ सय ९४ जनाको विवरण जिल्लाहरूबाट प्राप्त भएको छ ।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar