चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, बेइजिङ । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित एक अग्लो भवनमा आइतबार साँझ आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय यिङजे जिल्ला सरकार र सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताइयुआनको डाउनटाउनमा रहेको हाओशेङ इन्टरनेसनल अपार्टमेन्ट भवनमा स्थानीय समयानुसार आइतबार साँझ ४:५९ बजे आगलागी सुरु भएको थियो।
आइतबार राति ३८ जनालाई अस्पताल पुर्याइएकोमा ५ जनाको मृत्यु भइसकेको थियो। सोमबार बिहानसम्म मृतकको सङ्ख्या बढेर १४ पुगेको सिन्ह्वाले जनाएको छ। अस्पताल, विद्यालय, व्यापारिक केन्द्र र पर्यटकीय क्षेत्र नजिकै रहेको यस भवनमा होटल, रेस्टुरेन्ट र बालबालिकाका शैक्षिक तालिम केन्द्रहरू समेत सञ्चालित रहेको जिमु न्युजले उल्लेख गरेको छ।
भवनस्थित एक होटलका कर्मचारीले जिमु न्युजलाई बताएअनुसार आगो पाँचौँ तलाबाट सुरु भएको अनुमान छ र आठौँ तलामा रहेका केही मानिस घाइते भएका थिए। त्यस्तै, होटलमा बसेका लान नामका एक पाहुनाले द बेइजिङ न्युजसँग कुरा गर्दै सुतिरहेको बेला धुवाँको गन्ध आएपछि तुरुन्तै बाथरुम गएर भिजेको तौलिया लिएर बाहिर निस्किएको बताए। आपतकालीन निकास तर्फ जाँदै गर्दा बाटोमा भेटिएका अन्य पाँच जनासँग मिलेर उनीहरूले झ्यालको जाली लात्तीले हानेर फुटाए र भवनबाहिरको प्लेटफर्ममा निस्किएर उभिए।
More politics
- पटकाको छर्राले छातीमा लाग्दा मृत्युNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- संसद्मा बहुमत गुमाएका ट्रम्पलाई यी ठुला ४ निर्णय गर्ने अन्तिम मौकाNepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar