पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर
Read the full story at Onlinekhabar (Nepali)

प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ? सांस्कृतिक पाटोबाट यसको बहस फरक होला । तर, यसले गर्भवती महिला र गर्भको शिशुमा भने जोखिम निम्त्याउन सक्छ ।
बम विस्फोट भएजस्तो चर्को आवाज र धुवाँले गर्भवती महिला र शिशुको स्वास्थ्यमा हानि गर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । यसको जोखिम आवाजको तीव्रता, सम्पर्कको अवधि, दूरी र गर्भवती महिलाको स्वास्थ्य अवस्थामाथि निर्भर गर्छ । यसबारे भएका विभिन्न वैज्ञानिक अध्ययनले गर्भावस्थामा चर्को आवाज र वायु प्रदूषणको सम्पर्कबाट जोगिनुपर्ने देखाएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) अन्तर्गतको राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य संस्थान (एनआईओएसएच) का अनुसार गर्भावस्थामा अत्यधिक चर्को आवाजको सम्पर्कले जन्मिने शिशुको श्रवण क्षमतामा समस्या निम्त्याउन सक्छ ।
गर्भमा रहेको शिशुको कान करिब २०औँ हप्तासम्म विकसित हुन्छ भने २४औँ हप्तादेखि उसले आवाजप्रति प्रतिक्रिया जनाउन थाल्छ । आमाको शरीरबाहिरबाट आएको आवाज गर्भभित्र पुग्दा केही कमजोर भए पनि पूर्ण रूपमा रोकिँदैन । सीडीसीले ११५ डेसिबलभन्दा चर्को आवाज भएको ठाउँबाट गर्भवती महिलालाई टाढै रहन सुझाव दिएको छ ।
More politics
- पटकाको छर्राले छातीमा लाग्दा मृत्युNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- संसद्मा बहुमत गुमाएका ट्रम्पलाई यी ठुला ४ निर्णय गर्ने अन्तिम मौकाNepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar