ट्रम्पको अलोकप्रियता मात्रै होइन, महँगीको मारले पनि गुम्यो रिपब्लिकनको बहुमत
Read the full story at Bizmandu
राजनीतिक लोकप्रियता र चुनावी बाचाभन्दा मतदाताका लागि दैनिक जीवनको आर्थिक अवस्था निर्णायक हुन्छ। अमेरिकाको मध्यावधि निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीलाई दिएको एउटै स्पष्ट सन्देश हो यो। दुई वर्षअघि महँगी नियन्त्रण गर्ने र अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने नारासहित सत्तामा पुगेका ट्रम्पले यस पटक मतदाताको असन्तुष्टिको सामना गर्नुपर्यो।
त्यसको परिणामस्वरूप डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ। गत मंगलबार सम्पन्न निर्वाचनको प्रारम्भिक परिणामले रिपब्लिकनको परम्परागत प्रभाव रहेका राज्यहरूमै डेमोक्रेट्सको पकड बढेको देखाएको छ। टेक्सास, साउथ क्यारोलाइना, आयोवा र कन्सासजस्ता राज्यमा डेमोक्रेटिक उम्मेदवारको जितले यो परिवर्तन केही प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रको परिणाम मात्रै नभएको संकेत गरेको छ।
सन् २०२७ जनवरीदेखि सुरु हुने नयाँ कंग्रेसमा दुवै सदन डेमोक्रेट्सको नियन्त्रणमा रहने भएपछि ट्रम्प प्रशासनको बाँकी दुई वर्षको विधायिकी कार्यसूचीसमेत प्रभावित हुने देखिएको छ। तर यो परिणामलाई ट्रम्पको व्यक्तिगत अलोकप्रियताको प्रतिफल मात्रै मान्नु अपूरो हुन्छ। मतदाताको असन्तुष्टिको केन्द्रमा अर्थतन्त्र, जीवनयापनको बढ्दो लागत, इन्धन र खाद्यान्नको मूल्य तथा स्वास्थ्य सेवाको खर्च देखिएको छ।
More business
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- गगनलाई देउवाको कटाक्ष- पार्टी पैसाको प्रभावमा होइन, कार्यकर्ताको विश्वासमा चल्नुपर्छNepal Khabar
- Satheesan, Pinarayi trade sharp words over power supply deals in KeralamThe Hindu
- प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचनDC Nepal
- ढकमक्क फूलले ढाकेको धनकुटा बजारDC Nepal
- वार्नरको ब्याटिङमा काठमाडौंको धमाकेदार सुरुवात, तर फिनिसिङ भने औसतBizmandu