‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’
Read the full story at Onlinekhabar (Nepali)

‘लोकतन्त्र गतिलो बनाउन लागिएन भने पपुलिज्मको भड्खालोमा हामी पर्दै जान्छौं । त्यसैले पार्टी खुल्नेबित्तिकै आजै सफल भइहाल्नुपर्छ भन्ने छैन । भविष्यसम्मका लागि सोचेर लामा योजनाहरु बनाउनु आवश्यक छ । ’ २७ कात्तिक, काठमाडौं ।
जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार लोकतन्त्रप्रतिको आफ्नो सैद्धान्तिक निष्ठाबारे खुलेर व्याख्या गरेका छन् । प्रसाईंले प्रधानमन्त्री बालेन शाह र उनले नेतृत्व गरेको रास्वपा सरकारका आठ महिनाको समीक्षा गर्दै भनेका छन्, ‘अत्यधिक मत पाएर पनि सरकार जवाफदेहीविहीन बनेकाले समाजले आश मार्न थाल्यो । उद्योगी व्यवसायीहरू हतोत्साही र निराश छन् ।
’ सरकार संविधान र कानुनप्रति जवाफदेहीविहीन बन्दैजाँदा जनताको करले पालिएका संस्थाहरू प्रधानमन्त्री र उनका सल्लाहकारहरूको आदेशपालकजस्तो मात्रै बन्न पुगेको प्रसाईंको आरोप छ । ‘सरकारले यति धेरै शक्ति पाइसकेको छ जनताबाट, अझै कति शक्ति चाहिने हो र ?’ प्रसाईंले प्रश्न गरेका छन्, ‘लोकतन्त्र र संविधानमा कतैबाट पनि सम्झौता गर्न सकिँदैन । आर्थिक अवसरहरूलाई कमजोर बनाएर सरकार चल्न सक्दैन ।
More politics
- स्थानीय सरकारलाई पनि राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने तयारीNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar