Skip to main content
राजनीतिNagarik News2 outlets covering

काठमाडौंको घातक बलिङसामु विराटनगर ब्याटिङ ध्वस्त, ९ ओभरमा ३२ रन जोड्दा गुम्यो ६ विकेट

Read the full story at Nagarik News

काठमाडौंको घातक बलिङसामु विराटनगर ब्याटिङ ध्वस्त, ९ ओभरमा ३२ रन जोड्दा गुम्यो ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी १५औं खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ९ ओभर सकिँदा ६ विकेट गुमाएर मात्र ३२ रन जोड्न सकेको छ। हाल क्रिजमा अनुभवी विदेशी खेलाडी एन्जेलो म्याथ्युज ६ रन तथा आन्द्रे रसेल २ रन बनाएर संघर्ष गरिरहेका छन्। विराटनगरका शीर्ष तथा मध्यक्रमका ब्याटरहरू सस्तैमा पभेलियन फर्किए।

बसिर अहमदले बनाएको १० रन नै टोलीको व्यक्तिगत उच्च स्कोर रह्यो। सेहान जयसूर्या ५ रन र लोकेश बम ६ रनमा आउट हुँदा इमरान शेख, नारायण जोशी र शुभम रन्जाने खाता नै नखोली शून्य रनमा आउट भए। विराटनगरले २९ रनबाट ३० रन पुग्दा ३ विकेट गुमाएको थियो। काठमाडौंका बलरहरूले उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेका छन्।

सहाँन अराचिगेले २ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिएका छन्। त्यस्तै, करण केसी, जहानदाद खान, शाहब आलम र सन्तोष यादवले समान १-१ विकेट हात पारेका छन्।