साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति
Read the full story at Nagarik News

घटनामा सरकारी तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा क्षति पुगेको छ। भवनका विभिन्न तलाका झ्यालका सिसा फुटेका छन्। तर घटनामा कसैको मृत्यु वा घाइते नभएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो। किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताएका छन्।
एक प्रत्यक्षदर्शीले 'केएएफडीमा रहेको अरामको टावरलाई नै लक्षित गरिएको हो, यसमा कुनै शंका छैन' भनेका छन्। अन्य दुई प्रत्यक्षदर्शीले पनि भवनमा क्षति पुगेको पुष्टि गरेका छन्। अर्का एक प्रत्यक्षदर्शीका अनुसार अरामको टावरका धेरै तलामा क्षति पुगेको छ। भवनका सिसा फुटेका छन् भने बाहिरी संरचनाका केही भागमा समेत क्षति देखिएको छ। तर साउदी ऊर्जा मन्त्रालयले भवनमा सिधै क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छैन।
मन्त्रालयका अनुसार आक्रमणको प्रयासका क्रममा खसेका अवशेषका कारण अरामको प्रशासनिक भवनमा सामान्य क्षति पुगेको हो। घटनामा कुनै मानवीय क्षति नभएको पनि मन्त्रालयले जनाएको छ। यमनमा लामो समयदेखि जारी द्वन्द्वका क्रममा सन् २०२२ मा भएको युद्धविराम गत जुलाईमा भंग भएपछि साउदी अरब र हुथी विद्रोहीबिच पुनः आक्रमण र प्रत्याक्रमण भइरहेको छ।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar