सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’
Read the full story at Onlinekhabar (Nepali)

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत आफ्ना स्पष्ट र विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । यसपटक उनले भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीको आत्मकथालाई निशाना बनाएकी छिन् । कंगनाले सोनियाको आत्मकथालाई व्यङ्ग्य गर्दै ‘सेल्फ गोल’ को संज्ञा दिएकी छिन् । उनले राहुल गान्धीमा आफैँलाई अप्ठ्यारोमा पार्ने क्षमता आफ्नी आमाबाट आएको टिप्पणीसमेत गरेकी छिन् । कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत लगातार चारवटा पोस्ट सार्वजनिक गरेकी थिइन् ।
ती पोस्टमा उनले राजीव गान्धीको हत्या भएको दिन, मेनका गान्धी गान्धी परिवारबाट अलग भएको घटना र सोनिया गान्धीको भारतीय नागरिकताबारे प्रश्न उठाएकी छिन् । पुस्तकमा सोनियाले राजीव गान्धीको हत्या भएको दिन उनीसँग जान आफूले अस्वीकार गरेको उल्लेख गरेकी छिन् । त्यसको कारण थकान र अल्छीपन भएको भनी उल्लेख गरेको विषयलाई कंगनाले व्यङ्ग्यको विषय बनाएकी छिन् । कंगनाले लेखेकी छिन्– अब राहुल गान्धीमा आफैँलाई अप्ठ्यारोमा पार्ने बानी कहाँबाट आयो भन्ने थाहा भयो । यो क्षमता उनले आफ्नी आमाबाट विरासतमा पाएका रहेछन् ।
उनका अनुसार राजीव गान्धीले सोनिया गान्धीलाई परिवारमा फर्काउन एउटा सर्त राखेका थिए । उक्त सर्तअनुसार मेनका परिवारबाट बाहिरिनुपर्ने थियो । कंगनाले यो कुरा मेनकाका लागि पनि आश्चर्यजनक भएको उल्लेख गरेकी छिन् ।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- अर्डर कम आएपछि आत्तिएका सुन व्यापारी कारोबारबाट खुशी, तिहारमा कति किलो बेचे?Bizmandu
- सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्योSetopati
- सिटी सफारीको ठक्करबाट एक जनाको मृत्युDC Nepal
- मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रहDC Nepal
- नेपालले तीन महिनामा बेच्यो २.५७ अर्बको अलैंची, प्रति मन मूल्य ९० हजार माथिBizmandu